४ कार्तिक २०८३, बुधबार

सशस्त्र प्रहरीमाथि किन गोली प्रहार भयो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

goli-prahar-pestolकपिलवस्तु, २४ असोज । सशस्त्र प्रहरीमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेको छ ।

कपिलवस्तुको धनकौली गाविस–३ स्थित बिजगौरी पुल नजिकै जाँचका लागि खटिएको सशस्त्र प्रहरीको टोलीलाई अज्ञात समूहले गोली प्रहार गरेको हो ।  रातो यामाहा मोटरसाइकलमा सवार व्यक्तिले गोली हानेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार विहान जाँचका लागि मोटरसाइकल रोक्न खोज्दा पछाडि बसेको व्यक्तिले फायरिङ गरेको थियो । त्यसपछि सशस्त्र प्रहरीको टोलीले पनि एक राउण्ड गोली चलाएको थियो ।

गोली प्रहारबाट मानवीय क्षति भने भएन । गोली प्रहार गर्नेहरु बिजगौरी पुलबाट महाराजगंज तर्फ भागेका थिए ।

उनीहरुलाई प्रहरीले पिछा गर्दै गए पनि कोही पनि पक्राउ परेनन् ।  तर प्रहरीले एक थान कटुवा पेस्तोल र २ वटा सकेट बम फेला पारेको छ ।