१ कार्तिक २०८३, आइतबार

लस एञ्जेलसमा २५६१औं बुद्ध जयन्ति मनाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लस एञ्जेलस । साउदर्न क्यालिफोर्नियामा नेपालीहरूद्वारा निर्मित श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरमा बिहीबार २५६१ औ बुद्ध जयन्ति मनाइएको छ ।

सो समारोहको श्रीपशुपतिनाथ फाउनडेशन तथा बुद्दिस्ट सोसाइटी अफ क्यालिफोर्नियाले आयोजना गरेको हो ।

रेडियो नेपालमा लामो समय धार्मिक कार्यक्रम सञ्चालन गरेका पुरुषोत्तम सापकोटाले बुद्धसम्बन्धी भजन गाएर सहभागीहरूलाई मन्त्रमुग्ध पारेका थिए । सोही अवसरमा बुद्धका ज्ञानगुनका कुरामा प्रकाश पारिएको थियो ।

श्रीपशुपतिनाथ फाउनडेशनका महासचिव तथा पर्यटन दूत रामेश्वर भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रमको सभापतित्व बुद्दिस्ट सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष राम लामाले गरेका थिए ।

कार्यक्रममा आर्टेसिया सिटिका प्लानिंग कमिस्नर भक्त थापा, नेपाली जानसम्पर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरका उपसभापति रेख उप्रेती, नेवाः अर्गनाइजेसन साउदर्न क्यालिफोर्निया च्याप्टरका अध्यक्ष दुर्गा श्रेष्ठ, एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डे तथा एएनएस क्यालिफोर्नियाका अध्यक्ष चिरन्जीवी गौतमले आ–आफ्नो मन्तव्य राखेका थिए ।