१४ कार्तिक २०८३, शनिबार

चुनावको मुखमा समूहिक रुपमा पार्टी परित्याग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

ओखलढुंगा, २८ वैशाख । नयाँ शक्ति नेपालका जिल्ला कमिटीका प्रमुख नेताहरूले सामूहिक पार्टी परित्याग गरेका छन् । चुनावको संघारमै ९ नेताले पार्टी परित्याग गरेका हुन् ।

उनीहरूले एक वक्तव्य जारी गर्दै पार्टीबाट अलग भइ स्वतन्त्र भएको जनाएका छन् । पार्टीमा विधि पालना नभएको, आर्थिक चलखेल भएको वक्तव्यमा उल्लेख छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

पार्टी छोडेकामध्ये एक खुदबहादुर खत्री भने माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

जिल्लास्तरका प्रमुख नेताहरूले नै सामूहिक पार्टी परित्याग गरेपछि नयाँ शक्ति अहिले नेताविहीनजस्तै बनेको छ ।