
काठमाडौं, २७ वैशाख । अदालतबाट दोषी ठहर भई फरार रहेकाहरू पनि म्यादी प्रहरीमा भर्ना भएको खुलेको छ ।
यस्तै एक व्यक्तिलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ । कारोबार दैनिकले समाचार छापेको छ ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका अनुसार केही दिन अघि गुमी– ५ सुर्खेत स्थायी घर आएका बालकृष्ण रानालाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि सुर्खेत जिल्ला अदालतमा बुझाएको छ ।
चैत २५गते सुर्खेत जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीमा भर्ना भएका उनी तालिम पुरा गरी स्थानीय तहको निर्वाचन सुरक्षामा खटिइसकेका थिए ।












प्रतिक्रिया