काठमाडौँ,२३ असोज । बलिउडका नायक अमिर खानले आफु नेपाली चलचित्रमा अभिनय गर्न तयार रहेको अभिव्यक्ति दिएर नेपालीको मन छुने प्रयास गरेका छन् ।
नेपाल भ्रमणमा रहेका खानले याक एन्ड यती होटलमा आयोजना भएको एक कार्यक्रममा बोल्दै बिहीबार आफु नेपाली चलचित्रमा अभिनय गर्न तयार रहेको बताए । तर, आफुले खेल्ने नेपाली चलचित्र आफ्नो मनलाई छुने खालको हुनु पर्ने उनको प्रस्ताव थियो ।
उनले आफुले खेल्ने चलचित्र कुन देशको हो भन्नेमा कुनै फरक नपर्ने भन्दै कथावस्तु मन छुने हुनु पर्ने जिकिर गरे । ‘कथावस्तुले मेरो मन छोएको खण्डमा नेपाली सिनेमा गर्न म तयार छु,’ उनले भने ।
यूनिसेभको दक्षिण एसियाका लागि पोषण दुत रहेका नायक आमिर खान यससम्बन्धी जनचेतना जगाउने अभियानका लागि नेपाल भ्रमणमा रहेका छन् ।
उनले कार्यक्रममा भ्रुण हत्याका बारेमा पनि बोलका थिए । भ्रुण हत्याका बारेमा बोल्दै आमिरले यस बिषयमा हरेक मानिस जागरुक हुनुपर्ने बताए ।
भ्रुण हत्याको बारेमा सबैभन्दा बढी छलफल श्रीमान् श्रीमतीको बेडरुममा हुने उनको तर्क थियो ।















प्रतिक्रिया