१४ कार्तिक २०८३, शनिबार

गुन्डा नाइके दीपक मनाङगे पाँच दिन थुनामा रहने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २६ वैशाख । निर्वाचनको शान्ति सुरक्षामा खलल पुगाउन सक्ने भन्दै पक्राउ गरिएका गुन्डा नाइके दीपक मनाङगे कम्तिमा पाँच दिन थुनामा रहने भएका छन् ।

सार्वजनिक अपराध अन्तर्गत काठमाडौं जिल्ला प्रशासनले मनाङेलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

काठमाडौं प्रहरी परिसरले राप्रपा नेपालका मनाङ जिल्ला अध्यक्ष समेत रहेका मनाङेलाई आइतबार ठमेलबाट पक्राउ गरेको थियो ।

निर्वाचनलाई लक्षित गरी प्रहरीले पक्राउ गरेका करिब तीन दर्जन गुन्डामध्ये अधिकांश तारेखमा छुटेका छन् ।