सन फ्रान्सिस्को । अमेरिका र नेपालमा समाजसेवी संस्थाका रुपमा सुपरिचित मदरल्याण्ड नेपालले भगवान गौतम बुद्धको २५८० औं जयन्ती गत शनिबार भव्य रुपमा मनाइएको छ ।
प्रवचन, ध्यान र नाचगानका साथ सन फ्रान्सिस्को बे एरिया क्षेत्रका नेपाली वासिन्दाहरुको उपस्थितिमा मनाइएको बुद्धजयन्ती कार्यक्रमको संयोजन सो क्षेत्रका लागि नेपालका पूर्व पर्यटन दूत अनिल पाण्डेले गरेका थिए ।
कार्यक्रममा लुम्बिनी विश्वबिधालयबाट आउनु भएका प्राध्यापक चूडामणि शास्त्रीको प्रवचन विशेष आकर्षणको विषय रहेको थियो ।
प्राध्यापक शास्त्रीले आजको तनाब र प्रतिस्प्रद्धाको युगमा बुध्दले देखाएको बाटो मात्र दीर्घकालीक शान्ति र समृद्धिको राजमार्ग रहेको बताए । अमेरिकामा रहेका सहभागीहरुले प्रवचनप्रति धेरै आकर्षण देखाएका थिए ।
योगी पूर्णानन्दबाट विपश्यना ध्यान गराइएको सो कार्यक्रममा सो क्षेत्रका समाजसेवी ईश्वर मास्के, गोविन्द शाही, मीरा शाही, महेन्द्रमणि दीक्षित, श्याम श्रेष्ठ, र मदरल्याण्ड नेपाल का बोर्ड अफ डिरेक्टर तारा खरेलले पनि बुद्धको प्रतिमा खादा चढाई महामानव प्रति श्रद्धा प्रकट गरेका थिए ।
कार्यक्रमको आनन्द उठाउन हास्य कलाकार देवीराम पराजुलीलगायतको उपस्थिति थियो ।
टाढाटाढादेखि आएका बुद्धभक्तहरु बुद्ध सम्बन्धी भजन नाचगानमा रमाइलो मानेर सरिक भएका थिए । निरन इट्नि हर्मोनियम मा साथ दिनेरत्तु लामा तबलामा साथ दिएका थिए ।
अन्तमा, युवा सहभागीको प्रतिनिधित्व गर्दै मनसुन पाण्डेले बिज्ञान र र्इश्वर बीचको सम्बन्ध माथि प्रकाश पारे । पाण्डेको बौद्धिक विश्लेषण युद्ध भाषणलाई सबैले सराहना गरेका थिए ।















प्रतिक्रिया