१४ कार्तिक २०८३, शनिबार

बहिनीलाई जिताउन भारतबाट आइन यी चर्चित नायिका

15.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । अरु बेला माइती देश आउन चाडबाड र पारिवारिक जमघट पर्खिनुपर्थ्यो । तर यसपटक निर्वाचनले नायिका विपना थापालाई भारतको मथुराबाट नेपाल तानेको छ ।

विपना शनिबार नारायण नगरपालिकामा कांग्रेसका पक्षमा चुनाव प्रचार प्रसार गर्ने क्रममा देखिइन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

उनले भनिन्, ‘हाम्रो परिवार नै राजनीतिक हो । म जन आन्दोदनमा लागेकी कलाकार हुँ । त्यो बेला शाही परिवारबाट धम्की आउँदा पनि विचलित भइनँ ।’

उनका हजुरबुबा २०१५ को आम निर्वाचनमा काठकाडौंका सांसद भएका थिए । बुबा ओमविक्रम थापा पञ्चायत कालमा पटक पटक प्रधानपञ्च भए ।

यस पटक ३६ वर्षीया बहिनी वासना थापा दैलेखको नारायण नगरपालिकामा उपमेयर उठेकी छन् । विपनाले बहिनीको लागि भोट माग्ने बताइन् ।