काठमाडौं । गायिका अप्सरा घिमिरे र फिरोज बस्नेतको स्वरमा रहेको ‘भेटियौं…’ बोल गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
रबि मल्लको शब्द तथा संगीत रहेको म्युजिक भिडियोमा गायिका अप्सरासँगै मोडल आकास श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
यसअघि ‘मनसुन’ एल्बम बजारमा ल्याएकी गायिका घिमिरेले आधुनिक गीतसँगै केही चलचित्रका गीतहरूमा पनि स्वर दिएकी छिन् ।
रोमान्टिक लभ स्टोरीको कथामा तयार पारिएको भिडियोमा बलराम बुढाथोकीको छायाँकन तथा सतिस श्रेष्ठको सम्पादन र निर्देशन रहेको छ ।















प्रतिक्रिया