१ कार्तिक २०८३, आइतबार

सर्वोच्चको अन्तरिम आदेशपछि आयो प्रचण्डको कडा अभिव्यक्ति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ वैशाख । सर्वोच्च अदालतले प्रधानन्यायाधिश सुशीला कार्कीलाई महाअभियोग अघि नबढाउन आदेश दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कडा अभिव्यक्ति दिएका छन् ।

सर्वोच्चको आदेशले परिवर्तन नचाहनेहरुलाई बल पुग्ने प्रधानमन्त्री प्रचण्डको टिप्पणी छ । सर्वोच्च अदालतले कार्कीको महाअभियोग अघि नबढाउन र आजैबाट काममा फर्काउन अन्तरिम आदेश दिइरहँदा प्रधानमन्त्री प्रचण्ड पार्टी मुख्यालय पेरिसडाँडामा थिए ।

पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले परिवर्तन नचाहने शक्तिहरुले न्यायपालिकाको दुरुपयोग गर्न खोजेको आरोप समेत लगाए ।