काठमाडौं । नेपाली चलचित्र ‘महानगर’बाट अभिनेत्री केकी अधिकारी आउट भएकी छन् । केही दिन पहिले केकीले ‘महानगर’ आफ्नो अभिनय रहने दाबी गरेकी थिइन् ।
निर्माण युनिटले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रको कलाकार लगायत बिभिन्न पक्ष सार्वजनिक गरेको छ । जसमा अभिनेत्री केकीको नाम कहिकतै उल्लेख छैन । बरु कार्यक्रममा चलचित्रको नायिकाको रुपमा मेनुका प्रधानलाई सार्वजनिक गरिएको छ ।
‘महानगर’ एक जोडी युवायुवतीबीचको कथामा बन्न लागेको चलचित्र हो । वैशाख २७ गतेबाट छायाँकनमा जाने चलचित्रमा अभिनेताको रुपमा कर्मा छानिएका छन् ।
मिडलवे फिल्स्ले माउन्टेन रिभर फिल्मसँग सहकार्य गर्दै बनाउन लागेको यो चलचिको निर्देशन मोहन रार्इले गर्न लागेका हुन् ।
नरेन्द्र मैनालीको छायांकार रहने चलचित्रको गोविन्द पराजुली कार्यकारी निर्माता हुन् । निर्माण पक्ष र स्वयं केकी अधिकारीले ‘महानगर’बाट आउट भएको विषयमा खुलेर केही बताएका छैनन् ।















प्रतिक्रिया