१४ कार्तिक २०८३, शनिबार

यसरी बिग्रँदै गयो देउवा–निधि सम्बन्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट दिएको राजीनामा फिर्ता गरेका छन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउँदा आफूसँग छलफल नभएको भन्दै निधिले १७ वैशाखमा राजीनामा दिएका थिए । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

तर, निधि भड्किँदा पार्टीभित्रको समीकरण, मधेसी मोर्चासँग सहमतिको प्रयास र भावी सरकार बन्ने प्रक्रियामै असर पुग्ने आन्तरिक मूल्यांकनपछि देउवाले निधिलाई फिर्ता गरेका हुन् ।

आफ्ना दूतको प्रयासपछि आफैँ र प्रधानमन्त्रीसहित बिहीबार बालुवाटारमा छलफल गरेपछि देउवाले निधिलाई उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा पुनः फर्काएका हुन् । निधिले पदबाट राजीनामा दिए पनि प्रधानमन्त्रीले स्वीकृत गरेका थिएनन् ।

संविधान संशोधनमा अझै निधिको सक्रियता खाँचो रहेको र निर्वाचनको मुखैमा गृहमन्त्री फेर्दा अव्यावहारिक हुने निष्कर्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र देउवा पुगेपछि उनलाई फर्काइएको हो । निधिले बिहीबारदेखि पुरानै पदमा फर्किएको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

प्रहरी महानिरीक्षकमा पार्टी सभापति शेरबहादुर देउवाले डिआइजी जयबहादुर चन्दलाई बनाउन खोजे पनि गृहमन्त्री विमलेन्द्र निधि भने नवराज सिलवालको पक्षमा थिए । देउवाको अडानपछि निधिको केही लागेन । सरकारले चन्दलाई नै आइजिपीमा नियुक्त गर्यो । तर, पछि सर्वोच्च अदालतले रोकिदियो । सरकारले अर्का डिआइजी प्रकाश अर्याललाई आइजिपी नियुक्त गर्यो ।

यसैगरी, सरकारमा उपप्रधानमन्त्रीको पहिलो वरीयता नपाएपछि निधि झन् बिच्किए । जसले गर्दा उनले दुईवटा मन्त्रिपरिषद् बैठक बहिष्कार गरे । यसबीचमा पार्टीभित्र पर्याप्त छलफल नगरी प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएपछि निधि देउवासँग झन् भड्किए । आफैं मातहतको आइजिपीको विषयलाई देखाउँदै महाअभियोग लगाए पनि आफूलाई थाहा नदिएको भन्दै निधिले चार दिनअघि राजीनामा दिएका थिए ।