१४ कार्तिक २०८३, शनिबार

देउवा–निधि मिलाउने यी हुन मध्यस्तकर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । विमलेन्द्र निधिले राजीनामा दिएपछि शेरबहादुर देउवालाई मात्र होइन, उनको क्याम्पमा निकै चिन्ता छायो । १३औं महाधिवेशनमा कोइरालाहरूको वर्षौको विरासत तोडे पनि अहिले असन्तुष्टि बढे आफ्नो पक्ष थप कमजोर हुने निष्कर्षमा पुगेपछि देउवा निधिप्रति लचक भएका हुन् ।

प्रधानन्याायधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्तापछि राजीनामा दिने मनस्थिति बनाएर प्रधानमन्त्रीलाई जानकारी गराएलगत्तै देउवाले निधिलाई फोन गर्न खोजेका थिए, तर उनले कुरा गर्नै चाहेनन् । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

‘पार्टी सभापति देउवाका पिए भानुले फोन गरेर सभापतिले कुरा गर्न चाहेको बताएका थिए, तर, निधिले म अहिले सभापतिसँग कुरा गर्दिनँ, आवश्यक छैन,’ निधिको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले भन्यो ।

त्यसपछि दुई दिनसम्म निधिसँग देउवाको संवाद हुन सकेन । त्यसपछि केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद र प्रदीप गिरीले मिलाउने प्रयास गरेको स्रोत बताउँछ ।

देउवाको तर्फबाट नेता साउद बुधबार निधिलाई भेट्न मन्त्रीक्वार्टर पुल्चोक पुगेका थिए । त्यहाँ उनले एक घन्टाभन्दा बढी छलफल गरेका थिए । त्यसपछि देउवा र निधिबीच टेलिफोनमा कुरा भएको स्रोत बताउँछ ।

सोही टेलिफोन वार्तापछि उनीहरूले बुधबार साँझ पार्टी कार्यालय सानेपामा भेटेर अब एक अर्कालाई सहयोग गरेर जाने निर्णय गरेका थिए ।

असमझदारी बढ्दै जाँदा दुवैलाई फाइदाभन्दा बेफाइदा हात लाग्ने आफ्नो पक्षका नेताहरूको रिपोर्टिङपछि देउवाले निधिलाई मिलाएर अगाडि जाने निधो गरेका हुन् ।