१४ कार्तिक २०८३, शनिबार

एआईजी बढुवामा के–के भयो खेल ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । सरकारले सशस्त्र प्रहरी बलका तीन जना नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजीहरु पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेललाई एआईजीमा बढुवा गरेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

सशस्त्र प्रहरी बलमा ३ फागुनदेखि तीन एआईजी पद रिक्त थियो । सशस्त्र मुख्यालयले फागुन दोस्रो सातामै एआईजी बढुवा प्रक्रिया अघि बढाएको भए पनि झण्डै साढे दुई महिनापछि मात्र उनीहरुको बढुवा भएको हो ।

सशस्त्र प्रहरी बलमा एआईजीको दरबन्दी ६ ओटा रहेको छ । बिहीबार बढुवा भएका केसी, थापा र पौडेल नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलमा आएका हुन् । उनीहरु तीनै जना एकै दिन प्रहरी सेवामा प्रवेश गरेका थिए ।

तर, नेपाली सेनाबाट आएका उत्तम खड्का र दिवाकर केसी बढुवामा पर्न सकेनन् । डीआईजीको पाँच बर्से पदावधिका कारण अब खड्का र केसीले २५ जेठमा अनिवार्य अवकाश पाउने छन् ।

बढुवामा नपरेका डीआईजी खड्का वरिष्ठतामा एक नम्बरमा रहेका थिए । तर, कार्यसम्पादन मूल्यांकनमा उनी निकै नै पछाडि पर्न गए ।

यद्यपि, उनले बढुवामा आफूमाथि अन्याय भएको भन्दै लोकसेवा आयोगमा उजुरीसमेत हालेका थिए । लोकसेवापछि उनले सर्वोच्च अदालतमा पनि रिट हालेका छन्, जुन रिट विचाराधिन अवस्थामा छ ।

यस्तै, वरिष्ठतामा दोस्रो नम्बरमा रहेका थापालाई तेस्रो नम्बरका केसीले पछाडि पारेका छन् । डीआईजीमा पहिलो नम्बरमा बढुवा हुनका लागि उनले शक्तिकेन्द्रमा प्रतिस्पर्धी डीआईजीहरुको चर्को आलोचना गरेको स्रोतको दाबी छ ।

केसीमाथि महानिरीक्षक (आईजीपी) कोषराज वन्तको कार्यकालमा आएको सशस्त्र प्रहरी नियमावली २०७२ मा विवादास्पद र द्विअर्थी शव्द घुसाएको आरोप छ ।

यो नियमावलीका कारण सशस्त्र द्वन्द्वका बेला ज्यानको बाजी थापेर नेपाली सेना र नेपाल प्रहरीबाट सशस्त्रमा आएकाहरुको वृत्ति विकासमा गम्भीर असर परिरहेको छ ।