१ कार्तिक २०८३, आइतबार

तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै, महाअभियोगमा छलफल हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, २१ वैशाख । महाअभियोग प्रस्तावमा सहमति जुटाउने प्रयास स्वरुप सभामुखको पहिलमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ ।

सिंहदरबारस्थित संसद सचिवालयमा अहिले केही समयपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अधयक्ष केपी ओलीबीच वार्ता हुनेछ ।

सभामुख घर्तीका प्रेस सल्लाहकार बासुदेव शर्माका अनुसार छलफलमा संसदको आजको बैठक कसरी अगाडि बढाउने र प्रधानन्यायधीशविरुद्धको महाअभियोग प्रस्तावमा के गर्ने भन्ने विषयमा परामर्श केन्द्रित हुनेछ ।

एमालेले महाअभियोग प्रस्ताव फिर्ता लिन दवाव दिइरहेको छ । एमालेले महाअभियोगको प्रस्ताव फिर्ता नलिए सदन चल्न नदिने चेतावनी दिइसकेको छ ।