काठमाडौं, २२ असोज । पटकपटक विवादमा आउने नायिका रेखा थापा फेरि विवादमा मुछिएकी छिन् ।
चलचित्र निर्माता संघले नीति विपरित फिल्म प्रदर्शन गरेको भन्दै रेखालाई संघको साधारण सदस्यवाट समेत निलम्बन गरेको हो ।
नयाँ फिल्म शुक्रबारै रिलिज गर्नुपर्ने संघको नियमलाई रेखाले उल्लंघन गरेकी हुन् । रेखाले आफूले निर्माण गरेको चलचित्र ‘हिम्मतवाली’ मंगलवार फुलपातीको दिन प्रदर्शन गरेकी थिइन् ।
यता, रेखाले भने कारबाहीबाट आफूलाई कुनै असर नपर्ने बताएकी छिन् । आफ्नो फिल्म दर्शकले मन पराएको उनले जिकिर गरेकी छिन् । मुलुकका असी बढी हलमा प्रदर्शन भएको हिम्मतवालीले एक साताको अवधिमा करोड बढी कारोवार गरेको उनको दाबी छ ।
यता, निर्माता संघले भने रेखाको फिल्म प्रदर्शन गर्न सघाएको भन्दै फिल्म हलवालाहरुको संस्था चलचित्र संघलाई पनि कार्वाही गरेको छ । रेखाकै निर्देशन रहेको यस फिल्ममा उनका नयाँ प्रेमी सुदर्शन गौतमको मुख्य भुमिका छ ।
















प्रतिक्रिया