१ कार्तिक २०८३, शनिबार

३० वटा विषयमा सहमति, मुख्य विषयमा असमझदारी कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sambidhan

काठमाडौँ, २२ असोज । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले संविधानसभा बैठकमा समितिको प्रतिवेदन पेस गर्नु भएको छ ।

संविधानसभा नियमावली, २०७० बमोजिम ‘संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन, २०७१’ पेस गर्नुभएको हो ।

संविधानसभाको बैठकले भट्टराई नेतृत्वको समितिलाई यही असोज २ गते असहमति रहेका विषयमा सुरुमा सहमति बनाउने र असहमति रहेका विषयमा प्रश्नावली बनाउने अख्तियारी दिएको थियो ।

सहमति जुटाउने क्रममा समितिका १० वटा बैठक र पाँचवटा विषयगत प्रतिवेदनमाथि छलफल भएको उहाँले बैठकलाई जानकारी गराउनुभयो ।

सर्वदलीय बैठक गरी सहमतिको प्रयास गर्दा पनि शासकीय स्वरुप, न्याय प्रणाली र राज्यको पुनःसंरचनामा सहमति जुटाउन नसकेको तर तीस विषयमा सहमति जुटेको जानकारी सभापति भट्टराईले दिनुभयो ।

सहमतिको विकल्प नभएको बारम्बार दोहो¥याउँदै उहाँले त्यस निम्ति प्रयत्न पनि गर्नैपर्छ भन्नुभयो । नैतिक एवम् राजनीतिक प्रतिबद्धता पूरा गर्न जसरी भए पनि माघ ८ गते संविधान जारी गर्नैपर्नेमा उहाँको जोड रह्यो ।

समितिका बैठकमा केही नेताले प्रक्रियामा गएर भए पनि असहमतिका मुद्दा टुङ्ग्याउनुपर्ने राय प्रस्तुत गर्नुभएको र मुख्य विषयमा शीर्ष नेताहरुले सहमति कायम गर्ने दृढता व्यक्त गर्नुभएको सभापति भट्टराईले बताउनुभयो । उहाँले शीर्ष नेतृत्वलाई अझ गम्भीर भएर सहमति बनाउनेतर्फ लाग्न पनि आग्रह गर्नुभयो ।

प्रतिवेदन तयारीमा सघाउने दलका सबै नेता तथा विधायकप्रति उहाँले आभार व्यक्त गर्नुभयो । संविधानसभाको अर्को बैठक यही असोज २४ गते शुक्रबार बिहान ११ः३० बजे बस्नेछ ।