२ कार्तिक २०८३, सोमबार

बाहुबली–२ का ‘भल्लाल’ देख्दैनन् एक आँखा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडमै इतिहास रच्न सफल चर्चित बलिउड फिल्म बाहुबली–२ का चर्चित कलाकार भल्लालदेव (राना दग्गुबत्ती) एक आँखा नदेख्ने गरेको खुलासा भएको छ ।

फिल्ममा पहलमानका भूमिकामा देखा परेका भल्लाले हालै दिएको अन्तर्वार्तामा यस कुराको खुलासा गरेका छन् ।

उनले आफ्नो दायाँ आँखाले काम नगर्ने गरेको बताए । उनकाअनुसार एक व्यक्तिले उनलाई आँखा दान गरेपनि त्यसले काम गरेन ।

देब्रे आँखा बन्द गरेको खण्डमा उनी केही पनि देख्दैनन् । उनले सानामो सल्यक्रिया गरेपनि आँखा बचाउन सकिएन । डाक्टरको हौसलाले मात्रै उनी अगाडि बढेको बताउँछन् ।