२ कार्तिक २०८३, सोमबार

सरकारी जागिरका लागि अभिषेकको आवेदन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड फिल्म अभिनेता अभिषेक बच्चनले सरकारी जागिरका लागि आवेदन दिएका छन् । उनले कर्मचारी चयन आयोग (एसएसी) मा आवदेन दिएको खबर सार्वजनिक भएको छ ।

तर, वास्तवमा अभिषेकको फोटोसहितको उक्त आवेदन कसैले रमाइलो गर्न भरिदिएको थियो । आवेदनपछि कर्मचारीले पनि फोटोमा खास ध्यान नदिइकन स्वीकृति पत्र जारी गरेका थिए र अभिषेकको परीक्षा केन्द्र पनि तोकिएको थियो ।

प्रवेश पत्रमा अभिषेकको नाम र फाटोका साथमा जन्म मिति सन् १९९५ जनवरी १ तारिख उल्लेख गरिएको छ । फोटोमा उनको हस्ताक्षर पनि गरिएको छ । तर, यसबारे सम्बन्धीत कार्यालय कुनै प्रतिक्रिया दिएको छैन ।