१४ कार्तिक २०८३, शनिबार

कांग्रेस–एमालेबीच तालमेल भएको छ त ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । तीन प्रदेशका २ सय ८३ स्थानीय तह निर्वाचनका लागि मंगलबार भएको उम्मेदवारी दर्तामा चुनावी उत्साह देखिएको छ ।

विभिन्न संशय चिर्दै झन्डै १४ वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लामा वैशाख ३१ गते हुने निर्वाचनबाट १३ हजार ५ सय ५६ जना निर्वाचित हुँदैछन् । ४ वटा प्रदेशमा भने जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले ३ वटै प्रदेशमा उम्मेदवारी मनोनयनपत्र दर्ताकार्य शान्तिपूर्ण तथा उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण भएकाले आयोग उत्साही भएको बताए । ‘निर्वाचनमा देखिएको उत्साहले निर्वाचन आयोगले खुसी र गौरव महसुस गरेको छ’, यादवले भने, ‘यसैगरी मतदानकार्य गराउन आयोग आतुर छ ।’

कहाँ कुन दलबीच तालमेल

  • काठमाडौं महानगरपालिका : एमाले र राप्रपा, संघीय समाजवादी र नयाँ शक्ति
  • मध्यपुर भक्तपुर : एमाले र नेमकिपा
  • लमजुङ : एमाले र माओवादी केन्द्र
  • तनहुँ : एमाले र माओवादी केन्द्र
  • बागलुङ : एमाले र राष्ट्रिय जनमोर्चा
  • सिन्धुपाल्चोक : एमाले र राप्रपा
  • दोलखा : कांग्रेस र माओवादी केन्द्र
  • मकवानपुर : कांग्रेस र माओवादी केन्द्र
  • म्याग्दी : कांग्रेस र राप्रपा