१ कार्तिक २०८३, शनिबार

लेक लागेर एक विदेशीसहित दुईजनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, २२ असोज । लेक लाग्दा सोलुखुम्बुको खुम्जुङमा बुधबार बिहान एक विदेशी पर्यटकको मृत्यु भएको छ ।

करिब ५० वर्षीय ब्रिटिस नागरिकको खुम्जुङ–७ फेरुचेमा रहेको होटल फेम्लीमा मृत्यु भएको हो । वेल्जिङ डेब्रा नाम रहेकी उनी सगरमाथा आधार शिविर पुगेर फर्केको प्रहरीको भनाइ छ ।

मंगलबार बेलुकी होटल आइपुगेकी वेल्जिङ गु्रपसँगै होटलमा बसेको भए पनि बिहान सुतेकै ठाउँमा मृत भेटिएको हो । वेल्जिङको शवपरीक्षणका लागि काठमाडौं लगिएको छ । मेरापिक आधार शिविरमा लेक लागेकै कारण सोलुखुम्बु छेस्कामका हर्कराज राईको पनि गत बिहीबार मृत्यु भएको थियो ।

यसैबीच देउसा–८ सोलुखुम्बुका कुलबहादुर राईको घर जलेर नष्ट भएको छ । मङ्गलबार साँझ ५ बजे घरमा रहेको सोलार सर्ट भएर घरमा आगलागी भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

आगलागीमा कुनै पनि मानवीय क्षति नभए पनि घरभित्र रहेको अन्नपात, लत्ताकपडा लगायतका सबै सामान जलेर नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट २१ लाख बराबरको क्षति भएको छ ।