१ कार्तिक २०८३, शनिबार

आज दिउँसो चन्द्रग्रहण, ग्रहण लाग्दा के-के गर्नु हुन्न ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Black-moon-Nepal

काठमाडौँ, २२ असोज । आज दिउँसो दुई बजेर ५९ मिनेटपछि चन्द्रग्रहण लाग्दैछ ।

आज आश्विन शुक्ल पूर्णिमा उप्रान्त प्रतिपदाका दिन पूर्णिमा र प्रतिपदाको सन्धिमा चन्द्रग्रहण लाग्ने गरेको पनि समितिले जानकारी दिएको छ ।

ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण बेलुकी छ बजेर १९ मिनेटमा समाप्त हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । दिउँसो दुई बजेर ५९ मिनेटबाटै ग्रहणले स्पर्श गरेपनि नेपालबाट भने चन्द्र उदाएपछि पाँच बजेर ५१ मिनेटपश्चात् मात्र देख्न सकिनेछ ।

जम्मा २८ मिनेटमात्र देखिने खण्डग्रास चन्द्रग्रहण भएपनि तीन प्रहर अघिदेखि नै ग्रहण बार्नुपर्ने र त्यस समयमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकले भोजन, शयन, मैथुन, श्रृङ्गार र बध गर्न नहुने शास्त्रीय धारणा रहेको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

आज चन्द्रग्रहण परेपनि एकोद्दिष्ट श्राद्ध, कार्तिक स्नान आरम्भ र आकाशदीप दान सुरु गर्न कुनै बाधा नरहेको पनि समितिले स्पष्ट गरेको छ ।

ग्रहणको चन्द्रोदयपछि पाँच बजेर ५१ मिनेटमा स्नान गरी ग्रहणको समयमा हवन, तर्पण, श्राद्ध, दान, देवपूजन, जप र मोक्षपछि स्नान गरेमा अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।