काठमाडौं । गायक सुरेश रावल र गायिका टिका पुनको स्वरमा सजिएको ‘त्यो कालो केसैले’ बोलको लोक तथा दोहोरी गीतको भिडियो युटुव मार्फत सार्वजनिक भएको छ । म्युजिक नेपालको युटुब च्यानल मार्फत गितको भिडियो सार्वजनिक भएको हो ।
‘त्यो कालो केसैले’को भिडियोमा लोक तथा दोहोरी गीतकी चर्चित मोडल पार्वती राईसँग नयाँ मोडल मिलन रोकायले ‘रोमान्स’ गरेका छन् । यस गीतमा पार्वतीले आफूलाई निकै ‘हट’ देखाउने प्रयास गरेकी छन् ।
मिलन रोकायकै शब्द रहेको गीतमा लय गोरख रावलको रहेको छ भने संगीत रहेको छ । बिक्रम चौहानले निर्देशन गरेको गीतको भिडियो छायांकन बासु बरालले गरेका हुन भने सम्पादन मिलन विकले गरेका हुन् । बि स्टार फिल्मस् प्रालिले दृश्य निर्माण गरेको गीत आशिष म्युजिक प्रालिले बजारमा ल्याएको हो ।
भिडियोः















प्रतिक्रिया