१ कार्तिक २०८३, शनिबार

शेष घलेद्वारा लमजुङमा आफू पढेको विद्यालयलाई ५० लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shesh-Ghale-Lamjung

लमजुङ, २१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेले आफुले प्राथमिक शिक्षा लिएको बिद्यालय भवन निर्माणका लागि ५० लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।

लमजुङ घनपोखरा १ नायू गाउँमा रहेको ग्रामकल्याण निम्न माध्यमिक बिद्यालयको भवन निर्माणका लागि घलेले उक्त सहयोग गर्नुभएको हो । आफ्ना स्वर्गीय पिता उदिमबहादुर घले र आमा देवीमायाको स्मृतिमा बनाउन लागिएको भवनको सोमबार घलेले शिलन्यास गर्नुभयो ।

‘मैले यही बिद्यालयमा अक्षर चिनेको हुँ’ शिलन्यास कार्यक्रममा करिव ५० बर्ष पुरानो दिन सम्झिदै भन्नुभयो-‘आज म जहाँ छु त्यसमा सवैभन्दा ठूलो हात यही बिद्यालयको छ ।’

आफ्नो सफलताको सवैभन्दा ठूलो आधार यही बिद्यालय भएकाले भौतिक पूर्वाधारबिहीन अबस्थामा रहेको बिद्यालयलाई सहयोग गर्न आफु अग्रसर रहेको उहाँले बताउनुभयो । ‘भोली यही बिद्यालयबाट नयाँ शेष घलेहरु जन्मिउन भन्ने चाहान्छुु’ – उहाँले भन्नुभयो ।

भवन निर्माणपछि बिद्यालयमा इ(लाइब्रेरी स्थापना गर्न र शिक्षकलाई तालिम दिन पनि आफुले सहयोग गर्ने घलेले घोषणा गर्नुभयो । ‘यो मोडल सफल भयो भने नेपालका अन्य बिद्यालयमा पनि विस्तार गर्ने छुु’ अध्यक्ष घलेले भन्नुभयो ।

बिद्यालय शिक्षा लिने उमेरका किशोरहरु हातमा पासपोर्ट बोकेर रोजगारीका खोजीमा खाडी मुलुकतिर लागेको देख्दा आफु सवैभन्दा बढी दुःखी बनेको भन्दै उहाँले अभिभावकहरुलाई शिक्षामा लगानी गर्न आग्रह गर्नुभयो ।

‘मेरो अभिभावक अशिक्षित भए पनि शिक्षाको महत्व बुझेको हुनाले मैले लाहुरे बन्नु परेन’ उहाँले अभिभावकलाई आग्रह गर्दै भन्नुभयो-‘आफ्ना छोराछोरीको शिक्षामा गरिने खर्च जिन्दगीको सवैभन्दा ठूलो लगानी हो भन्ने बुझ्नुहोस् ।’

आमा समूहको भवन बनाउन ३ लाख

यसैगरि अध्यक्ष घलेले आफ्नो गाउँमा रहेको आमा समूहको भवन बनाउन ३ लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।

आफ्नै गाउँमा बसेर संस्कृति र परम्परा जोगाउन लागिपरेका गाउँलेहरुको प्रसंसा गर्दै उहाँले आधुनिक सुबिधाहरु गाउँसम्म आइपुगेकाले अब शहरतिर बसाई सर्नुपर्ने आबश्यकता नरहेको बताउनुभयो । लमजुङको चर्चित पर्यटकीय केन्द्र घलेगाउँ नजिकै रहेको घनपोखरा गाविसको नायूँमा गुरुङ समुदायको बसोबास रहेको छ । गाउँको बिकाशका लागि आफुले सदैव सहयोग गर्ने घलेले प्रतिबद्धता जनाउनुभयो ।