१४ कार्तिक २०८३, शनिबार

संविधान संशोधन बिधेयक असफल पार्न यस्तो छ एमालेको रणनिती

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । प्रमुख प्रतिपक्षी एमालेले सरकारद्वारा व्यवस्थापिका संसद्मा दर्ता संविधान संशोधन विधेयक असफल बनाउने निर्णय गरेको छ ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी कमिटीको बैठकले संशोधन विधेयकको विपक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको हो ।

विधेयक असफल बनाउन एमालेले सबै राजनीतिक दलहरूसँग संवाद र परामर्श गर्ने जनाएको छ ।

‘व्यवस्थापिका–संसद्मा सरकारका तर्फबाट प्रस्तुत संविधान संशोधन विधेयकलाई फिर्ता गरी राजनीतिक सहमति निर्माण गर्न र घोषित निर्वाचन सम्पन्न गर्ने दिशातर्फ अघि बढ्न सरकारको ध्यानाकर्षण गर्नुका साथै सम्पूर्ण प्रयत्नका साथ उक्त विधेयकलाई असफल पार्ने निर्णय गरेको छ,’ बैठकपछि एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संशोधनमा उल्लेख भाषा, प्रदेशको अधिकार र स्थानीय तहका प्रतिनिधिको अधिकार खोस्नेलगायत विषय मुलुकको हितमा नभएको एमालेको ठहर छ ।

एमालेले संविधान संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रहसमेत गरेको छ ।

राजधानी दैनिकले समाचार छापेको छ ।