२९ आश्विन २०८३, बिहिबार

सिरियामा आईएसविरुद्ध हवाई आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Islamic Stateमर्सिटपिनार (टर्की), २१ असोज । सशस्त्र विद्रोही समूह आईएसका विरुद्ध मङ्गलबार सिरियामा हवाई कारबाही सुरु गरिएको समाचार छ ।

फ्रान्सेली समाचार समिति, एएफपीका समाचारदाताका अनुसार सिरियाली दक्षिणी पश्चिमी सीमा क्षेत्रमा रहेको नगर कोबानेमा सो हमला सुरु गरिएको छ ।

टर्कीसँग सीमा जोडिएको सो नगरमा आर्ईएसका क्रियाकलाप बढ्दै गएको सूचनाका आधारमा सो हमला गरिएको बताइएको छ ।

अमेरिकी नेतृत्वमा रहेको सेनाले कोबाने सहरमा मङ्गलबार बिहानदेखि नै आक्रमण गरेको बताइएको छ ।

उक्त सहरको वरिपरी रहेका केही भूभाग र जिल्ला कब्जा गरेको जानकारी आईएसले दिएको केही दिनपछि यो आक्रमण सुरु गरिएको बताइएको छ ।

आईएसले हालैका दिनमा सिरिया र इराकमा हिंसा मच्चाइरहेका छन् । उनीहरुले पूर्वी इराकमा सयौं नागरिकको हत्या गरिसकेका छन् ।

अमेरिकी नेतृत्वमा केही मध्यपूर्वी राष्ट्रहरुसमेत सम्मिलित सैनिकले विगत केही दिनदेखि इराकमा पनि हवाई कारबाही गरिरहेको छ ।

तर पनि आईएसको प्रभाव भने उल्लेखनीय रुपमा घट्न भने सकेको छैन । यसअघि पनि सिरियाका विभिन्न सहरमा अमेरिकी नेतृत्वको सेनाले आक्रमण गर्ने गरेको हो ।

सोमबार राति मात्र सिरियाको सोही सहरनजिकै आईएसले गरेको आक्रमणमा परी पाँचजना कुर्दिस सेना मारिएका थिए ।