२ कार्तिक २०८३, सोमबार

मिस तामाङलाई नगद पुरस्कार वितरण

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । मिस तामाङ २०१७ का विजेताहरुलाई नगद पुरस्कार वितरण गरिएको छ ।

शुक्रबार एक कार्यक्रम आयोजना गरी प्रमुख अतिथि सिभिल होमका अध्यक्ष एवं सांसद इच्छाराम तामाङले पुरस्कार नगद हस्तान्तरण गरेका हुन् । काठमाडौंका उपाधि विजेता पिंकी घिसिङ, फस्ट रनरअप काठमाडौंका नावाङ मोक्तान र सेकेण्ड रनरअप धादिङका रिता थिङ तामाङलाई क्रमश एक लाख, पचास हजार र तीस हजार वितरण गरेका हुन् ।

२८५३ औं ज्या सोनाम ल्होछारको अवसरमा काठमाडौंमा दशौं संस्करणको मिस तामाङ प्रतियोगिता एभरेष्ट फेसनहोम र तामाङ कलासंस्कृति केन्द्रको संयुक्त आयोजनामा २०७३ माघ २२ गते  सम्पन्न भएको थियो ।