२ कार्तिक २०८३, सोमबार

बाहुबली–२ ले कमायो पहिलो दिनमै १०० करोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । हिजोदेखि रिलिज भएको भारतीय फिल्म ‘बाहुबली–२’ ले पहिलो दिनमै १०० करोड रुपैयाँ कमाएको छ ।

एसएस राजामौलीले निमाण गरेको फिल्म ‘बाहुबली–२’ हिजो भारत लगायत विश्वभरका ९ हजार फिल्महलमा प्रदर्शन भएको थियो । यो फिल्मले राम्रो कमाई गर्ने अनुमान पहिलनै गरिएको थियो ।

फिल्ममा राणा डग्गुबती, प्रभास र अनुष्का शेट्टीले दमदार अभिनय गरेका छन् । मल्टिप्लेक्समा एक टिकटका लागि ८०० देखि २४०० रुपैयाँसम्मको चार्ज गरिएको थियो । देशका धेरैजस्तो सिनेमाहल हाउसफुल रहेका थिए ।

कतिपय दर्शकहरु टिकट नै नपाएर फिर्ता समेत भएका थिए । यो फिल्मले दंगललाई पछार्दै १००० करोडसम्मको कमाई गर्न सक्ने अनुमान गरिएको छ । यस्तो भएमा यो फिल्म १००० करोड रुपैयाँ कमाउने पहिलो बलिउड फिल्म बन्ने छ ।