१ कार्तिक २०८३, शनिबार

तस्करी लाइन खुलाउन गएका समातिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatkadiगौर (रौतहट), २१ असोज । भारतीय सामान नेपाल भित्र्याउन प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने एकजना तस्करलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने रौतहटका बिर्ती प्रस्टोका गाविस–६ बस्ने गजेन्द्र भन्ने रञ्जयकुमार साह हुन् ।

मासिक उपहार दिने कुरा मोबाइलमार्फत बारम्बार जानकारी गराउँदै आएका साहलाई प्रहरी चौकी बंकुलका प्रहरी सहायक निरीक्षक मानबहादुर ज्ञवालीले सोमबार राति ८ बजे पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौरमा पठाएको छ ।

नेपाली सीमासँगै रहेका भारतीय बजार घोडासहनबाट अवैध सामान नेपाल ल्याउन प्रहरीसँग कुरा मिलाउन गएका साहलाई जिल्ला प्रहरी कार्यालयको आदेशमा पक्राउ गरिएको हो ।

बंकुल, मौलापुर, सन्तपुर दोस्तिया, लक्ष्मीनिया, कटहरियालगायतका प्रहरीलाई रकम दिएर साहले अवैध रूपमा सामान नेपालका विभिन्न जिल्लामा पुराउने गरेको रौतहटका प्रहरी उपरीक्षक सानुबाबु थपलियाले बताउनुभयो ।