काठमाडौँ, २० असोज । मन्त्रिपरिषदले राष्ट्रिय अनुसन्धान विभागका एआइजीमा दुई जनालाई बढुवा गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले रिक्त दुई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा दिलीपराज रेग्मी र देवराज भट्टलाई बढुवा गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालका अनुसार, बैठकले गरेका अन्य नियमित प्रकृतिका निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यथासमयमा सार्वजनिक गर्ने छ ।
















प्रतिक्रिया