काठमाडौँ, २० असोज । नेकपा एमाले संसदीय दलले बुधबार बस्ने संविधानसभा तथा संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सभासद्हरुलाई ह्वीप जारी गरेको छ ।
यही असोज २२ गते बुधबार बस्ने संविधानसभा तथा व्यवस्थापिका–संसद्को बैठकमा दलसँग आबद्ध सम्पूर्ण सदस्यलाई अनिवार्य उपस्थितिका लागि सूचना (ह्विप) जारी गरेको एमाले प्रमुख सचेतक अग्निप्रसाद खरेलद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । दलहरुबीच लामो समयदेखि सहमति जुटन नसकेको र संसद समेत अबरुद्ध भएकाले एमालेले उपस्थितिका लागि ह्वीप जारी गरेको बताइएको छ ।
















प्रतिक्रिया