धनगढी, २० असोज । डोटीबाट धनगढी आइरहेको यात्रुबाहक बस दुर्घटना भएको छ ।
डोटीको जोरायलबाट धनगढीका लागि छुटेको ना ४ ख ५७०७ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो । दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीयले बताएका छन् । यसैगरी, २५ जना घाइते भएको बताइएको छ । बसमा अधिकांश दशैं मनाएर फर्कदै गरेका यात्रु थिए ।
प्रहरीको टोली उद्धारका लागि घटनास्थल पुगेको छ । इलाका प्रहरी कार्यालय बुडरका प्रहरी नायब निरीक्षक दानसिंह कार्कीले बस सडकबाट झण्डै अढाई सय मिटर तल खसेको जानकारी दिएका छन् ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।















प्रतिक्रिया