२ कार्तिक २०८३, सोमबार

महाभूकम्पको दोस्रो वार्षिकीमा धुर्मुस–सुन्तली सम्मानित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १२ बैशाख । भूकम्पपछिको पूर्ननिर्माणमा एकीकृत नमूना बस्ती निर्माण गरेर उदाहरणीय काम गरेको भन्दै भूकम्पपीडित तथा सहयोगी समाजले सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तलीलाई) अभिनन्दन गरेको छ ।

समाजले आज रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको महाभूकम्पको दोस्रो वार्षिकीको अवस्थामा धुर्मुस–सुन्तलीलाई क्लबका सभापति एवम् कार्यक्रमका प्रमुख अतिथि ऋषि धमलाले अभिनन्दन गरेका हुन् ।

कार्यक्रममा अभिनन्दित भएपछि आफ्नो भनाई राख्दै सिताराम कट्टेल (धुर्मुस)ले महाभूकम्प गएको दुई वर्ष वितिसक्दापनि भूकम्प प्रभावित जिल्लाहरुको पूननिर्माण सम्पन्न नभएकोप्रति दुःख व्यक्त गरे । ‘पूर्ननिर्माणको लागि ठूला–ठूला विदेशी सहायता आएका थिए, तर सरकारले पूर्ननिर्माणको काममा गति लिन सकेन’ उनले भने, ‘अब फेरि अर्को विपद आउँदा विदेशी सहायता नआउन पनि सक्छ, यतातिर हामी सबै गम्भिर बन्नुपर्छ ।’

विनाशले विकासको मुल फुटाउँछ भनेजस्तै नेपालमा पनि महाभूकम्पलाई अवसरमा परिणत गर्न सक्नुपर्ने उनले बताए । त्यस्तै, कार्यक्रममा सम्मानित कुञ्जना घिमिरलेपनि डरलाई शक्तिमा परिणत गरेर सहयोगी मनहरुलाई संकलन गरेर पूर्ननिर्माणको काममा जुटेको बताइन् ।

उनले नेपालमा राष्ट्र र राष्ट्रियता आजकै बैशाख १२ गतेले ल्याएको बताउँदै अर्काको दुःखमा मलम लगाउने काममा जुट्न आग्रह गरिन् ।