१४ कार्तिक २०८३, शनिबार

सरकार ध्रुबे हात्ती जस्तो : अध्यक्ष ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । एमाले अध्यक्ष केपी ओलीले संविधानविपरीत काम नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

सोमबारको संसद् बैठकमा उनले संविधान संशोधनका नाममा सरकारले मनपरी ढंगले संवैधानिक अधिकार कटौती गर्न खोजेको आरोप लगाए । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

‘संविधानमा जेठ १५ गते बजेट ल्याउने व्यवस्था राख्यौँ, किनभने समयमै बजेट नआउँदा विकासमा ढिलासुस्ती भयो । तर, संविधान जारी भएपछि अघिल्लो सरकारले त्यसलाई सुरुवात गर्यो ।

अब त्यो संशोधन गर्नुपर्ने भो रे । इच्छा लागेपछि, इच्छामा बाधा पुगेपछि जे–जे संशोधन गर्नुपर्छ, संशोधन गरिदिने ?’ ओलीले भने, ‘फेरि अहिले स्थानीय तहको संख्या बढाउने, मतदाता नामावलीमा नाम थप्ने, जहाँ जित्ने अवस्था छैन त्यहाँ संख्या थप्ने, के त्यस्तोलाई चुनाव भन्छन् ? यो लोकतन्त्र हो कि छाडातन्त्र ? सरकार ध्रुबेहात्ती जसरी प्रस्तुत भइरहेको छ ।’