जुम्ला, २० असोज । नेपाल एयरलाइन्सको जहाज जुम्लामा दुर्घटनाबाट जोगिएको छ ।
नेपालगञ्जबाट जुम्लाका लागि उडेको नेपाल एयरलाइन्सको ९–एन एबियु ट्विनअटर जहाज दुर्घटनाबाट जोगिएको हो। मध्यान्ह १२ बजे जुम्ला विमानस्थलमा अवतरण गर्ने क्रममा टायर पङ्चर भएपछि जहाज असन्तुलित भएको थियो । तर, ठूलो दुर्घटना हुनबाट जोगिएको नागरिक उड्डयन कार्यालय जुम्लाका प्रमुख योगेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार, पाइलट आर कुसवाह तथा मानबहादुर तुम्बाहाम्फेले तत्कालै स्थितिलाई नियन्त्रणमा लिँदा दुर्घटना टरेको हो ।
जहाजमा जुम्लाका प्रत्यक्षतर्फका सभासद ललितजंग शाहीसहित १८ जना यात्रु थिए । सबै यात्रु सकुशल छन्। जहाज भने विमानस्थलमै थन्किएको छ।
















प्रतिक्रिया