१४ कार्तिक २०८३, शनिबार

काठमाडौंको मेयरमा एमालेबाट यी हुन् चर्चित नाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा एमालेले कसलाई उम्मेदवार बनाउँछ भन्ने कौतुहलता सबैलाई छ ।

काठमाडौंकाेि मेयरका लािग एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जीवन मानन्धर, विद्या सुन्दर शाक्य, रामवीर मानन्धर, वसन्त मानन्धरमध्येबाट उम्मेदवार बनाउन सक्ने अुनमान सबैको छ । साँघु साप्ताहिकले समाचार छापेको छ ।

तर, एमालेभित्र यी अनुहार भन्दा बिल्कुल फरक कोणबाट पनि महानगरपालिकाको मेयरको उम्मेदवार बनाउनुपर्ने बहस सुरु भएको छ ।

त्यस्ता अनुहारमा मानवअधिकार आयोगका पूर्व सदस्य तथा सिविनका संस्थापक अध्यक्ष गौरी प्रधानको नाम चर्चा पनि चलेको छ । प्रधान चर्चित वाम नेता पदमरत्न तुलाधरका साख्खै ज्वाइँ हुन् ।

प्रधान अनेरास्ववियुका पूर्व अध्यक्ष र त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका पूर्व सभापति पनि हुन् ।

यसैगरी, एमाले पंक्तिबाट काठमाडौंको मेयरमा नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नाम समेत चर्चामा ल्याइएको छ ।

राजेशकाजी श्रेष्ठले लामो समयदेखि चेम्बर्स अफ कर्मस लगायत विभिन्न मुलुकसँग कूटनीतिक सम्बन्ध गाँसेर नेपालको प्रतिष्ठा बृद्धि गराउन योगदान पुगाउँदै आएका छन् ।