इलाम, ११ वैशाख । भारतीय पक्षले इलामको पहिलेको पशुपतिनगर– ४ फाटक, हालको सूर्योदय नगरपालिका– २ र राङवाङ ग्राम पञ्चायतको बीचमा रहेको दशगजा क्षेत्रमा ‘गुम्बा मर्मत’ गर्ने भन्दै पक्की निमार्णको काम अन्तिम चरणमा पुगेको बेलामा पशुपतिनगरकै अर्को स्थानमा सीमा मिचेर भारतीय पक्षले घेराबारा गर्ने तयारी गरेको छ ।
सीमा प्रशासन कार्यालय पशुपतिनगरका प्रमुख मोहन पनेरुले दशगजामा घरेबारा रोकन माग गरेपनि भारतीय पक्षले लिखित पत्रको माग गरेको जानकारी दिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
उनले दशगजनामा घराबारा शुरु गरेपछि काम रोक्न एसएसवीको स्थानीय प्रमुखलाई आग्रह गरेको बताए । भारतीय पक्षले पत्र नपाएसम्म काम नरोक्ने जवाफ दिएको उनले बताए ।
पहिलेको पशुपतिनगर ५मा पर्ने हालको सूर्योदय नगरपालिका २ मा पर्ने टासीगाउँमा रहेको एसएसवीले सो स्थानमा रहेको नेपाली भूमि मिचेर तारवारा गर्नलागेको सांसद लीलादेवी श्रेष्ठले बताइन् ।
श्रेष्ठका अनुसार भारतीय पक्षले दशगजा क्षेत्र मिचेर आठ दशवटा पिल्लरका लागि खाडल खन्ने काम गरेका छन् ।












प्रतिक्रिया