गगन थापा
स्वास्थ्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य
उपलब्धि
राजनीति प्रजातन्त्रबाट लोकतन्त्रमा स्थापित हुनु
शान्तिपूर्ण राजनीतिक अवतरण अभूतपूर्व उपलब्धि
सबै दलको प्रयासमा अन्तरिम संविधान निर्माण
जनताको मागबमोजिम संविधानसभाको निर्वाचन
गणतन्त्रको स्थापना, धर्म निरपेक्षता र संघीयता
आन्दोलनले उठाएका आवाजलाई संस्थागत गर्दै संविधान निर्माण कोसेढुंगा
कमजोरी
न्यायपालिका प्रमुखको नेतृत्वमा सरकार बनाइनु
मित्रराष्ट्रबीचको सम्बन्ध व्यवस्थापन गर्न नसक्नु
राष्ट्रिय मुद्दामा दलहरू विभाजित हुनु
राजनीतिक दुविधाको अवस्था अन्त्य हुन नसक्नु
लोभलाग्दो राजनीतिक अवस्था बन्न नसक्नु
संस्थापनका विरुद्ध लड्ने प्रवृत्तिमा सुधार नहुनु
योगेश भट्टराई
सचिव एवं प्रचार विभाग प्रमुख, नेकपा एमाले
उपलब्धि
जनताको संविधान निर्माण
संविधानमै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता
हिंसाको बाटोमा रहेका दल शान्ति प्रक्रियामा सहभागी
लोकतन्त्र बलियो बन्दै जानु
तराई मधेस, हिमाल, पहाडका जनतामा बलियो अधिकार र सशक्तीकरण
मुलुक आर्थिक प्रगतितर्फ उन्मुख
सिंहदरबारको अधिकार गाउँ–गाउँमा
कमजोरी
समाजिक एकता, राष्ट्रियता, भौगोलिक अखण्डतामा खतराको संकेत
मुख्य राजनीतिक शक्ति एकजुट हुन नसक्दा विदेशी शक्तिलाई चलखेलको मौका
तोकिएको समयमा निर्वाचन हुन/गर्न नसक्नु
आर्थिक प्रगति हुन नसक्नु
दलहरू एकजुट हुन नसक्दा जनआन्दोलनबाट प्राप्त अधिकार संस्थागत हुन नसक्नु
– राजधानी दैनिकबाट साभार












प्रतिक्रिया