१४ कार्तिक २०८३, शनिबार

यस्तो छ टेलिकमको भित्री पाटो, कामीनीले डुबाई छाडिन् !

11.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । नेपाल टेलिकममा कामीनी राजभण्डारी प्रवन्ध निर्देशक बनेपछि दिन प्रतिदिन गुणस्तर खस्कनुका साथै नाफा कम हुँदै गएको छ । लामो समय एकछत्र रुपमा व्यापार गर्दे आएको टेलिकममा पुरानै सामान्ती सोच रहेका कारण यो अवस्था आएको हो ।

राजभण्डारीलार्ई सात करोड घुस दिएर नियुक्ति दिलाएको भन्दै सेवानिवृत डीएमडीहरु अनुपरञ्जन भट्टराई, राजेन्द्र नकर्मी, कृष्ण घिमिरे अर्को व्यक्तिका नाममा फर्म दर्ता गरेर मिलेमतोमा टेण्डर लिने र अन्य व्यक्तिलाई कमिसनमा दिने धन्दा संचालन गरेका छन् । प्रवन्ध निर्देशक राजभण्डारीले आफ्नो हर्ताकर्ताका रुपमा स्पेक बनाएर टेण्डर मिलाउने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत सेटिङ धन्दा सन्चालन गरेका प्रवन्धक प्रदीप ठाकुरको विश्वासमा परेर काम गर्ने गर्दछिन् ।

उता प्रवन्ध निर्देशक राजभण्डारीले हालै ठाकुरले गरेका अनियमित्तताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जवाफै नदिई रोकेकी छन् । उनले पौष तीन गते पठाएको पत्रको जवाफ हालसम्म दिएकी छैनन् । अख्तियारका टेलिकम हेर्ने प्रमुख लगायतका कर्मचारीहरु आफ्नै मुट्ठीमा रहेको बताउने गरेका प्रदीप ठाकुर र प्रवन्ध निर्देशक ठाकुरकै कारण अहिले सबै क्षेत्रमा चौपट भएको छ ।

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय इनकमिङ कलको अनुपात बिगतमा भन्दा पुरै खस्कदो अवस्थामा छ । तीन महिना अघि १.२ मिलियन कल आउने गरेकोमा अहिले आएर .८८ मिलियनमा झरेको छ । विभिन्न ठेक्का पट्टामा टेलिकममा अरबौं रुपैया नोक्सानी हुँदै आएको छ । ओभर द टाइम, यूएसएसडी, सोलार प्रोजेक्ट, कस्टोमर केयर सेन्टर, भीआरएलए बेट्री, पीडीएच माइक्रोवेभ,रिमोट इलेट्रीकल टिल्ट एन्टिना, मिडिएसन एण्ड इन्टरकनेक्ट, सीआरबीटी प्रोजेक्ट, क्याम्पीयन मनेजमेन्ट, प्रोजेक्ट यूएम केवल जस्ता परियोजना पुरै नोक्सानीमा छन् । यी सबै ठेक्काको मिलेमतोगर्ने काम प्रदीप ठाकुरबाटै हुँदै आएको छ ।

त्यसैगरी कम्पनीले बैंकमा राखेको ७८ अर्व रुपैयाको ब्याज ५ प्रतिशत आउने गरेकोमा अहिले बैकिङ तरलताका कारण १३ प्रतिशत पाइनेभएपछि नाफा बढेको भनेकी छन् । त्यसै गरी उनले डलर खातामा पनि नाफा भएको बताएकी छन् । जुन कुराहरु आफै परिस्थिति बस आइपरेको हो । प्रबन्ध निर्देशक हुनका लागि कम्पनीले राखेको न्यूनतम मापदण्ड इबीटीडीए ग्रोथ, रेभेन्यू ग्रोथ (सञ्चालन आम्दानीमा वृद्धि), सब्सक्राबर ग्रोथ (ग्राहक सेवामा वृद्धि), नेट प्रोफिट ग्रोथ (कुल मुनाफामा वृद्धि), ग्रोथ इन रिटर्न अन टोटल एसेस्ट (सम्पत्तिको प्रतिफलमा वृद्धि) मा कम्तीमा पनि ९.७५ सुचांक ल्याउनुपर्ने हुन्छ ।

टेलिकमका प्रवन्ध निर्देशकको मासिक तलब दई लाख तोकिएको छ । घरभाडा बापत मासिक पारिश्रमिकको एक चोथाई अर्थात ५० हजार तोकिएको छ । त्यसैगरी भैपरि आउने खर्चमा पनि मासिक पारिश्रमिकको एक चौथाई अर्थात ५० हजार नै तोकिएको छ । चाडपर्व खर्चमा वार्षिक एक महिनाको पारिश्रमिक बराबरको रकम तोकिएको छ । भ्रमण खर्च कम्पनीको नियमावलीमा उल्लेख भए बमोजिम भनिएको छ । यसरी हेर्दा मूख्य सचिवको तलब भत्ता भन्दा पनि छगुणा बढि भएको छ । तर नतिजा भने सून्य प्राय हुँदै गएको एक जना कर्मचारीले बताए ।

नेपाल दुरसंरचार कम्पनी लिमिटेडको हालको अवस्था

१. राजस्वको अवस्था

पछिल्लो अर्धवर्षिक बजेट समीक्षालाई आधार मान्दा कम्पनीको चालु आर्थिक वर्षको सञ्चालन राजस्व लक्ष्य पूरा गर्ने अवस्था देखिंदैन । जसको कारण सञ्चालन खर्चमा हुने बृद्धिको कारण नाफामा समेत लक्ष्य पूरा गर्ने अवस्था देखिंदैन । जसको कारण सञ्चालन खर्चमा हुने बृद्धिको कारण नाफामा समेत लक्ष्य पूरा हुने अवस्था नदेखिएको । नेपाल दुरसञ्चार प्राधिकरणको तथ्यांक बमोजिम डाटा सेवामा करिब ५५%– बजार हिस्सा रहे तापनि सेवाको आम्दानी प्रतिस्पर्धी कम्पनी एनसेल डाटा राजस्वको तुलनामा करिब रु.२.६ अरब कम देखिएको । अन्तराष्ट्रिय आगमन तथा बाह्यागन कलबाट हुने राजस्वमा लक्ष्य बन्दा करिब रु.३.५२ अरब तथा गत आ.व.को तुलनामा करिब २ अर्ब कम हुने देखिएको ।

२. वित्तिया सुचांकहरु

चालु आ.व.को अर्धवार्षिक समिक्षालाई मध्येनजर गर्दा कम्पनीको गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको अर्ध वार्षिक अवधिको वित्तिय सुचांकहरु त्यति सन्तोषजनक नरहेको ।

३. 4G सेवाको हालको अवस्था
नेपाल टेलिकमको सञ्चालन गरेको द्धन् सेवाको लगानी, सेवा वितरण, यसको प्रभावकारीता र प्रतिफल हेर्न तल प्रस्तुत तथ्यांक प्रष्ट पारेको छ । (मिति २०७३/१२/२१ सम्मको डाटाको आधार)

  • Area of Deployment : Kathmandu and Pokharea
  • Number of Sites : 387
  • Installed and operated sites :310
  • Peak Load/Max speed per cell : 37 Mbps
  • Total network capacity/Speed : 310 * 37 mBPS = 11470 mBPS = 11.47 gBPS
  • active subscribers : 27, 600
  • Current bandwidth consumption of 4g network : 120 mbps at peak hour
  • Average 100 mbps *3600*30/8=16200 gb per month
  • Average data cost per Mb = Rs. 0.5
  • Average Monthly Revenue Generated : 81 lakh
  • Average Annual Revenue : Approximately 10 Crore
  • Estimated payback period for capex only : 8.2 years
  • Average life of equipment : 5 Years !!!!!
  • Service utlization (Revenue generated traffic) : ~ 1%
  • Cost Associated with Network Expansion :

Capex (BTS Cards and interfaces): Approximate 37 crores

Capex (License + Software): Approximate 45 Crores

OPEX (Spectrum Fee 1.5 times higher than 3G) : 54 Crores

OPEX (Site acquision, Operation and maintenance, Power Consumption) : around 50 crores

Total Estimated Cost : 186 Crores

४. Transmission Network Project हरुको अवस्था

स्पेसिफिकेसन बनाउँदाको कमजोरी, सप्लार्यसको दबाब तथा व्यवस्थापनको मिलेमतोको कारण कम्पनीलाई नोक्सान हुनेगरी सम्झौता गरिएको आयोजनाका कामहरु पूर्ण हुन सकेका छैनन् ।

माथि उल्लेखित विवरणहरु मध्ये उपकरणहरुसँग सम्बन्धित आयोजनाहरुको भुक्तानी ८०% भन्दा बढी भइसकेको बुझिन्छ ।

डायरी एक्सप्रेस साप्ताहिकमा समाचार छ ।