१ कार्तिक २०८३, शनिबार

सशस्त्र र नेपाल प्रहरीको शान्ति मिसन संकटमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Armed_Police_Force_logo

काठमाडौं, २० असोज । शान्ति मिसनको कमाईले प्रहरी अधिकारीहरूको भ्रष्टाचार मोह कम हुँदै गएको छ । तर पछिल्लो समय नेपाली प्रहरीले शान्ति मिसनमा कम अवसर पाउन थालेका छन् । केही मिसनहरू धमाधम बन्द भइरहेका छन् भने नयाँ शान्ति मिसनमा नेपालीहरूले अवसर पाइरहेका छैनन् । जसले गर्दा फौजी जागिरकै सबैभन्दा आकर्षक अवसरका रुपमा लिइने शान्ति मिसन नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि ठूलो सपना हुन थालेको छ ।

प्रहरी जाने गरेको इष्ट टिमोर मिसन दुई वर्षअघि नै बन्द भइसकेको छ । त्यस्तै हाइटी मिसन बन्द हुने क्रममा छ । जहा पर्यवेक्षकको रुपमा एक जना मात्र प्रहरी बाँकी छ । एफपीयू मिसन पनि बन्द हुने तयारी छ । अहिले धेरै अवसर पाउने भएको सुडान र दक्षिण सुडान मात्र हो । त्यहाँ पनि संख्या निरन्तर घटिरहेको छ । सुडानमा त्यहाको सरकारले भिषा दिइरहेको छैन र संख्या कटौती गर्दै लगेको छ भने दक्षिण सुडानमा नेपालीभन्दा अरु देशका प्रहरीले प्राथमिकता पाउन थालेका छन् । त्यसकारण स्याट परीक्षा पास गरेर महिनौं कुर्दासमेत प्रहरी अधिकारीहरू मिसन जान सकेका छैनन् । माग हुने कोटामा जानका लागि प्रहरी हेडक्वार्टरको यूएन शाखामै ठूलै सोर्सफोर्स चल्ने गरेको छ ।

राष्ट्रसंघले थप जनशक्ति मगाएका माली, सेन्ट्रल अफ्रिकन रिपब्लिकमा प्रहरी जान सकेका छैनन् । मालीमा गत वर्षबाट सेना गएको छ । तर पर्यवेक्षकका रुपमा फ्रेन्च भाषा जानेका प्रहरी चाहिने भन्दै नेपालीहरूले अवसर पाएका छैनन् । माली र सेन्ट्रल रिपब्लिकमा नेपाली अधिकारीहरूले लबिङ भने गरिरहेका छन् । ती देशमा फ्रेन्च भाषाको ज्ञान चाहिने भएकाले नेपाल प्रहरी र सशस्त्रमा यतिबेला फ्रेन्च भाषा पढ्ने लहर चलेको छ ।