१४ कार्तिक २०८३, शनिबार

मणिपाल अस्लपतालले मानेन घाइतेको उपचार गर्न

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १० वैशाख । पोखरास्थित चर्चित मणिपाल शिक्षण अस्पतालले मुस्ताङको कागबेनीमा भएको दुर्घटनाका गम्भीर घाइतेलाई उपचार गर्न अस्वीकार गरी फर्काइदिएको छ । कागबेनीमा भएको दुर्घटनालगत्तै हेलिकोप्टरबाट शनिबार दिउँसो पोखरा ल्याइएका घाइतेलाई मणिपालले आपतकालीन उपचार दिन अस्वीकार गरेपछि पोखराकै अन्य अस्पताल लैजानुपरेको थियो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

कागबेनीमा बस दुर्घटनामा परेर गम्भीर घाइते भएका १५ जनालाई सेनाको हेलिकोप्टरबाट मणिपाल अस्पताल ल्याइएको थियो । ‘हामी उपचार गर्न सक्दैनौं भनेर घाइतेलाई लिनै मानेनन्’, वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो, ‘डाक्टरहरू आन्दोलनमा छन् भनेर त्यहाँका सिनियर व्यक्ति नै आएर भन्नुभयो ।’ त्यसको केही समयमा एयरपोर्टलगायत ठाउँका एम्बुलेन्स बोलाएर घाइतेलाई पोखराकै अरू अस्पतालमा लगिएको जानकारी उहाँले दिनुभयो ।

मणिपालमा उपचार नभएपछि फिस्टेल हस्पिटलमा ९, गण्डकी मेडिकल कलेजमा ४, मेट्रोसिटीमा १ र फेवासिटीमा १ जना घाइतेलाई उपचारका लागि लगिएको थियो । मणिपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. बीएम नागपालले डाक्टरहरूको आन्दोलनका कारण इमर्जेन्सीमा समेत बिरामी लिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘३/४ महिनादेखि डाक्टर आन्दोलनमा छन्, इमर्जेन्सी उहिल्यैदेखि बन्द छ, कसरी उपचार गर्न सक्नु ? ‘