१४ कार्तिक २०८३, शनिबार

संसदमा तराई–मधेस नामका दल शून्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १० वैशाख । व्यवस्थापिका संसद्मा ‘तराई–मधेस’ शब्द जोडिएका राजनीतिक दलको संख्या शून्य भएको छ ।

पहिलो संविधानसभाको निर्वाचनपछि तराई मधेस शब्द राखेर संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबीच पार्टी एकीकरण भई नयाँ नाम कायम भएपछि संसद्मा तराई÷मधेसलाई जोडेर पार्टीको नाम राख्नेको पार्टी शून्य बनेका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।

पछिल्लो समय मधेसकेन्द्रित दलहरूबीच एकीकरण भएसँगै पार्टीको नाममा ‘मधेस’ शब्द रहेका दल संसद्मा नभएका हुन् । तराई मधेस शब्द राखेर क्षेत्रीय राजनीति गरिरहेका दलले अब मधेसबाट हिमाल, पहाड उक्लिँदै राष्ट्रिय राजनीतिमा कब्जा जमाउने रणनीतिका साथ अगाडि बढ्दै गरेको संकेत दिएको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, नेपाल सद्भावना पार्टीबीच एकीकरण भएपछि तराई मधेस शब्द राखेर खोलिएका पार्टी संसद्मा शून्य भएका छन् । पछिल्लो पटक विभिन्न ६ पार्टीबीच एकीकरण भई बनेको पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ । उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकरण गरेर संघीय समाजवादी फोरम नेपाल बनेको छ । यादवले पार्टी एकीकरण गर्दै आफ्नो पार्टीको नामबाट मधेस भन्ने शब्द हटाए ।

विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि विभिन्न पार्टीसँग एकीकरण गर्दै पार्टीको नाम ‘नेपाल लोकतान्त्रिक फोरम’ राख्ने सैद्धान्तिक सहमति गरिसकेको छ । स्थानीय तहको निर्वाचनमा सहभागी हुन नयाँ नाम बाधक भएका कारण निर्वाचनपछि मात्र पार्टीको नाम फेरेर मधेस शब्द हटाउने सो पार्टीका नेता बताउँछन् ।

गच्छदारले शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र यशोदा लामा नेतृत्वको दलित जनजाति पार्टीबीच एकता गरेर ‘नेपाल लोकतान्त्रिक फोरम’ राख्ने सैद्धान्तिक सहमति गरिसकेका छन् । विभिन्न ६ पार्टीबीच एकीकरण भई बनेको राष्ट्रिय जनता पार्टीको राजनीतिक सिद्धान्त ‘लोकतान्त्रिक समाजवादमा आधारित सहभागितामूलक समावेशी लोकतन्त्र’ रहने सहमति भएको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीका ११, सद्भावनाका पाँच, राष्ट्रिय मधेस समाजवादी पार्टी र तराई मधेस समाजवादी पार्टीका तीन÷तीन, नेपाल सद्भावना पार्टीका दुई, गणतान्त्रिक फोरमका एक गरी कुल २५ सांसद भएको राष्ट्रिय जनता पार्टी संसद्भित्रको पाँचांै ठूलो दल बनेको छ ।

राष्ट्रिय दल बन्न न्यूनतम ३ प्रतिशत मतसीमा ९थ्रेसहोल्ड० को व्यवस्था र मधेस आन्दोलन एवं मधेसी जनताको चाहनाअनुसार तराई मधेस शब्द हटाएरै भए पनि मधेसी दलबीच एकीकरण गर्नुपरेको नेताहरू बताउँछन् ।

६ पार्टी एकीकृत भई बनेको राष्ट्रिय जनता पार्टी अर्कैको नाममा निर्वाचन आयोगमा दर्ता भएका कारण उनीहरूले घोषित नाम भने फेर्नुपर्ने भएको छ । नाम फेर्नुपरेको अवस्थामा पनि समग्र मुलुकलाई प्रतिनिधित्व गर्ने नाम चयन हुने सो पार्टीका नेता बताउँछन् ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले राष्ट्रिय जनता पार्टी करिब एक महिनाअघि नै दर्ता भएको बताए । उनका अनुसार गत २ चैतमै नेत्रबहादुर लिम्बुको अध्यक्षतामा सो दल दर्ता गरिएको छ ।

पार्टीको नाम मिल्ने र पुनः एकीकृत पार्टीले आफ्नो पार्टीको नाममा मधेसी शब्द राखेनन् भने मधेस शब्द राख्ने पार्टी संसद्मा भेटिने छैनन् । एकीकृत पार्टीका नेताले पार्टीको नाम निर्वाचन आयोगको सहमतिमै राखिने बताउँदै आएका छन् । जनता पार्टीका नेता मनीष सुमनले नाम जे भए पनि व्यवहारमै आफूहरू मधेसवादी पार्टी भएको बताए । ‘गजेन्द्र बाबु’ले स्थापना गरेको सद्भावना पार्टीमा रहेका सुमनले पार्टी एकीकरणपछि पनि मधेस मुद्दा नछाडेको बताए ।