काठमाडौँ, २० असोज । प्रधानमन्त्री सुशील कोइरालाले मुसलमान धर्मावलम्बीको महान् चाड बकर इदकाभ अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्ममा आस्था राख्ने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीले आज दिनुभएको शुभकामना सन्देशमा नेपाल अनेक भाषा, धर्म, संस्कृति, वेशभूषा र परम्परा भएका विभिन्न जातजातिको साझा फूलबारी भएको उल्लेख गर्दै हरेक नेपालीमा निहित सहिष्णुता, सहनशीलता र मिलनसारिताले एकापसमा सौहार्द सम्बन्ध विकसित गरेको र यसले नेपालको राष्ट्रियतालाई सबल बनाएको बताउनुभएको छ ।
विज्ञप्तिमा उहाँले बकर इद हर्षोल्लासपूर्वक सम्पन्न होस् भन्ने शुभेच्छासहित संविधानसभाबाट संविधान लेखनको कार्य भैरहेको यस ऐतिहासिक अवसरमा आउँदो संविधानमा पनि नेपाल धार्मिक र सांस्कृतिक स्वतन्त्रताको प्रत्याभूति गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
















प्रतिक्रिया