२ कार्तिक २०८३, सोमबार

कलाकार प्रदीप सिंहको निधन, शव काठमाडौं ल्याइँदै

11.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । नेपाली चलचित्रका कलाकार प्रदीप सिंहको उपचारका क्रममा निधन भएको छ ।

नेपाली चलचित्रका निर्माता, कलाकार र चलचित्र कलाकार संघका पूर्व पदाधिकारी समेत रहेका सिंहको उपचारका क्रममा शुक्रबार साँझ पाँच बजे निधन भएको हो । उनले ‘देउता’, ‘अन्याय’ लगायतका थुप्रै फिल्ममा अभिनय गरेका थिए ।

बिरामी भएपछि कलाकार सिंहलाई उपचारका लागि भारतको कलकत्ता मेडिकल कलेज एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो ।

कलाकार सिंहको शवलाई शनिबार दिउँसो दुई बजे काठमाडौं ल्याइने अभिनेता रविन्द्र खड्काले आफ्नो फेसबुकमा लेखेका छन् ।