१४ कार्तिक २०८३, शनिबार

राष्ट्रिय जनता पार्टीको नाममा हेरफेर गरिने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । विभिन्न ६ मधेसी दल एकीकरण भइ बनेको राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।

राजपाका नेताहरूले पार्टीलाई आयोगमा दर्ता गराउन कानूनविदलाई अह्राएको जानकारी गराएका छन् ।

आयोगमा यसअघि नै राजपा नामको दर्ता भइसकेको छ । त्यसैले आयोगमा नयाँ पार्टीका रूपमा राजपालाई दर्ता गराउन सो नाममा कुनै शब्द थप्ने तयारी भइरहेको पनि नेताहरुले जानकारी दिएका छन् । नागरिक दैनिकले समाचार
छापेको छ ।

पार्टीको नामको अगाडि या पछाडि एउटा शब्द थप्ने तयारी भइरहेको राजपाका नेता मनीष सुमनले बताए ।