काठमाडौं, ८ वैशाख । सगरमाथाको उचाइँ मापन भारतीय नापी विभागले संयुक्त रुपमा गर्ने भने पनि सरकारले आगामी साउनपछि आफैं नाप्ने गरी तयारी थालेको छ ।
त्यसका लागि टोकनका रुपमा अर्थ मन्त्रालयसँग १० लाख रुपैयाँ बजेट प्रस्ताव गरिसकिएको नापी विभागले जानकारी दिएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
सगरमाथाको उचाइ संयुक्त रूपमा फेरि नाप्नका लागि भारतले नेपालसँग केही दिनअघि प्रस्ताव राखेको खबर सार्वजनिक भए पनि यसबारे आफूलाई केही जानकारी नभएको विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी दिए ।












प्रतिक्रिया