गोरखा बजार, १९ असोज । गोरखाको हर्मी गाविस–१ बयापानीमा यात्रुबाहक बस दुर्घटना भएको छ ।
आइतबार बिहान करिब ९ः१५ बजे ध१ख १८० नम्बरको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएको त्यसमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
धुले सडकबाट मिनिबस करिब १२० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । घाइतेको नाम खुल्न सकेको छैन ।
दसैँको टीका लगाएर फर्केका यात्रुहरूले खचाखच भरिएको गाडी दुर्घटना भएको हो । गाडीमा करिब ५० यात्रु थिए । हर्मीबाट यात्रु बोकेर उक्त गाडी तनहुँको डुम्रे बजारका लागि छुटेको थियो । गाडी तनहुँको ब्यास समितिको भएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया