मुम्बई । बलिउड गायक सोनू निगमले मुस्लिमहरूको अजान अर्थात बिहानको प्रार्थनाका विषयमा दिएको अभिव्यक्तिले ठूलो विवाद उत्पन्न गरेपछि पत्रकार सम्मेलन गरेर बचाउ गरेका छन् ।
बुधवार गायक सोनू निगमले पत्रकार सम्मेलन गरेर भने, ‘मेरो कुरालाई बढाइ–चढाइ गरेर पेश गरिएको छ । जसरी मलाई आफ्नो कुरा राख्ने अधिकार छ त्यसै गरी मेरो कुरा नमान्ने हक पनि छ ।’
सोनू निगमले केही दिन अगाडि ट्वीट गर्दै मस्जिदमा बिहान बजाइने लाउडस्पीकरको विरोध गर्दै कडा अपात्ति जनाएका थिए । त्यसको मुस्लिम समुदायले विरोध गरेका थिए ।
पत्रकार सम्मेलनको एक घण्टाभित्रै गायक सोनू निगमले टाउकाको कपाल आफै काटे (खौराए)का छन् । गायक सोनू निगमविरुद्ध फतवा जारी भएपछि डराएका उनले टाउकाको कपाल काटेका हुन् ।
गायक सोनू निगमको कपाल काटेर मुडुलो (मुण्डन) जसले बनाउँछ उसलाई दश लाख दिने घोषणा (फतवा) मुस्लिम समुदायले जारी गरेको थियो ।
पत्रकार सम्मेलनमा फतवाका विषयमा सोनू निगमले भनेका थिए, ‘फतवाको कुरा मैले मान्छु । हेरक विषयमा रिस देखाउनु हुँदैन ।’ सोनू निगमले मोहम्मदको नाम मोहम्मद लिख्ने गरेकोमा पनि आपत्ति जनाएका छन् ।
सोनू निगमले मस्जिदमा बिहान बजाउने गरिएको लाउडस्पीकरका विषयमा भने आफ्नो अडान यथावत रहेको बताए । उनले धार्मिकस्थलमा लाउडस्पीकरको कुनै आवस्यक्ता नरहेको बताए । – एजेन्सी















प्रतिक्रिया