काठमाडौं, ७ वैशाख । मधेसी जनताको नममा राजनीति गर्दै आएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव डलरवादी जनजाति नेताहरूको कब्जामा पुगेको आरोप छ ।
विशेष गरेर आङकाजी शेर्पासहितका नेता जो पश्चिमा र अमेरिकन पैसामा हाली मुहाली गर्छन् उनीहरूसँग यादवको अलिक धेरै हिमचिम बढेको हो । शेर्पासँग एक वर्ष अगाडि क्रुद्ध भएका यादव आजकाल नजिकिएको स्रोतको भनाई छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
शेर्पामाथि अमेरिका र पश्चिमा राष्ट्रहरूको पैसा लिएर फ्रि तिब्बतको आन्दोलनमा सहयोग गरेको आरोप छ । स्रोतका अनुसार शेर्पाले यादवलाई फ्रि तिब्बतको गतिविधिमा लगाउने अत्याधिक प्रयास गरेका छन् । तर, बेइजिङसँग राम्रो सम्बन्ध बनाएका यादवले शेर्पाको फ्रि तिब्बतको आन्दोलनमा खासै साथ दिएका भने छैनन् ।
शेर्पासहितका केही सीमित नेताहरूसँग रकम लिएर पार्टी सञ्चालन गर्दै आएका यादवलाई बेइजिङबाट रकम आउने गरेको पनि आरोप छ । भारतसँग अध्यक्ष यादवको खासै राम्रो सम्बन्ध छैन ।












प्रतिक्रिया