४ कार्तिक २०८३, बुधबार

दशैंमा दाइले गरे भाइको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, १९ असोज । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं १० किमडाँडा खालमा आफ्नै दाजुले भाइको हत्या गरेका छन् ।

किमडाँडाको खाल निवासी रामबहादुर रानाले सामान्य आपसी विवादमा आज बिहान ५ बजे घरमै कोदालोले हानेर १७ वर्षीय भाइ खिमबहादुर रानाको हत्या गरेका हुन् ।

कोदालोले हानेर भाइको घटनास्थलमै मृत्यु भएपछि दाजु फरार रहेको र उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले बताउनुभयो ।